Home / Sports / सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना  रहेको छ । 

विभागले भारी वर्षाको सम्भावना रहेको स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा  हल्का देखि मध्यम वर्षा हुने विभागको भनाइ छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी  प्रदेश,  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । 

यसैबीच काठमाडौंमा बिहानैबाट पानी परिरहेको छ । तीन दिनदेखिको अविरल वर्षाका कारण देभका विभिन्न ठाउँका नदीमा बाढी आएको छ ।

केही ठाउँका नदी तथा खोलामा पुल बगाउँदा यातायात सेवा तथा आवतजावत प्रभावित भएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *