तनहुँ :- तनहुँमा निरन्तर वर्षा कारण पहिरो जाँदा तनहुँ जिल्लाको भानु नगरपालिका – ९ सिमलगैह्रामा एकै परिवारका हजुरआमा र नातिनीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले घर बगाएर बेपत्ता भएका उनीहरुको उद्घार गरि अस्पताल लैजाने क्रममा शिताष्माको बाटोमा निधन भएको हो भने तिलमायाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।






