Home / Nepal / News / पछिल्लो २४ घन्टामा १ सय ५६ जनामा नयाँ कोरोना पुष्टि।

पछिल्लो २४ घन्टामा १ सय ५६ जनामा नयाँ कोरोना पुष्टि।

काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी बिज्ञप्तिमा जनाइए अनुसार काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिइएको छ।  यो सँगै काठमाडौँ उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय २४ पुगेको छ ।

काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा  थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। देशभर संक्रमितको संख्या भने १७ हजार ६ सय ५८ पुगेको छ भने  पछिल्लो २४ घण्टामा थप ५८ घर फर्किएका छ्न।

यो सहित  देश भरिमा कुल घर फिर्ता  हुनेको संख्या ११ हजार ६ सय ९ ५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *