काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी बिज्ञप्तिमा जनाइए अनुसार काठमाडौँ र ललितपुरमा ३ जना संक्रमित थपिएको जानकारी दिइएको छ। यो सँगै काठमाडौँ उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय २४ पुगेको छ ।
काठमाडौं उपत्यका सहित पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। देशभर संक्रमितको संख्या भने १७ हजार ६ सय ५८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ५८ घर फर्किएका छ्न।
यो सहित देश भरिमा कुल घर फिर्ता हुनेको संख्या ११ हजार ६ सय ९ ५ पुगेको छ।






