सप्तरी । बिहीवार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा कोरोनाबाट मृत्यु भएका सप्तरी राजबिराजका ७२ बर्षका बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ।
मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको र उनिहरुको परिवार दुई साताअघि भारतबाट फर्किका थिए।
मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए। संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको जनाइएको छ।
उनको मृत्यु पस्चात उनको परिवारका सबैजना र उनको पसलका कामगर्ने कर्मचारीको समेत स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना परीक्षण गरिएको थियो।
भने उनको पसलका कर्मचारीको रिपोर्ट आउन बाकी रहेको जनाइएको छ।






