Home / Nepal / News / न्युयोर्कमा कोरोना भाइरसका संक्रमितको उपचार गर्न ‘फिल्ड अस्पताल’

न्युयोर्कमा कोरोना भाइरसका संक्रमितको उपचार गर्न ‘फिल्ड अस्पताल’

न्युयोर्क, १८ चैत  । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा नोभेल कोरोना भाइरसका संक्रमितको उपचार गर्नका लागि ६८ बेडको अस्पताल निर्माण थालिएको छ ।

कोरोना भाइरसका थप बिरामीको उपचार गर्न न्युयोर्कको सेन्ट्रल पार्कमा अस्पताल बनाउन लागिएको मेयर बिल डी ब्लासिओले बताएका छन् । यो अस्पताल भोलिदेखि सञ्‍चालनमा ल्याइने भएको छ ।

A Samaritan’s Purse crew works on building an emergency field hospital equipped with a respiratory unit in New York’s Central Park across from the Mount Sinai Hospital, Sunday, March 29, 2020. (AP Photo/Mary Altaffer)

ब्लासिओले भने, “सेन्ट्रल पार्क संरक्षकहरुले पनि माउन्ट सिनाइ अस्पताल र सामरितान पर्ससँग मिलेर अस्पताल निर्माणको काम गरिरहेको छ । अमेरिकाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य न्युयोर्क बनेको छ । हालसम्म न्युयोर्कमा करिब एक हजारको मृत्यु भइसकेको छ ।

अमेरिकाभर २४ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब एक लाख ४० हजार संक्रमित छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल डिस्टेन्सिङ गाइडलाइनको अवधी मार्च ३० सम्म बढाइने बताएका छन् । – सीएनएन

The Navy hospital ship USNS Comfort passes lower Manhattan on its way to docking in New York, Monday, March 30, 2020. The ship has 1,000 beds and 12 operating rooms that could be up and running within 24 hours of its arrival on Monday morning. It’s expected to bolster a besieged health care system by treating non-coronavirus patients while hospitals treat people with COVID-19. AP Photo/Seth Wenig)

Leave a Reply

Your email address will not be published. Required fields are marked *