Home / Nepal / अभिनेता अनुपम खेरको आमासहित परिवारका बाँकी सदस्यमा कोरोना पोजिटिभ

अभिनेता अनुपम खेरको आमासहित परिवारका बाँकी सदस्यमा कोरोना पोजिटिभ

एजेन्सी । बलिउड अभिनेता अनुपम खेरले आइतबार ट्विट गर्दै आमासहित परिवारका बाँकी सदस्यमा कोरोना परीक्षण पोजेटिभ भएको जानकारी दिएका छन् । 

एक भिडियो सेयर गर्दै उनले आफूमा कोरोना नेगेटिभ देखिएको तर आमा दुलारी, दाइ राजु, भाउजु रिमा र छोरी वृन्दामा कोरोना पाजेटिभ भएको बताएका छन् । 

साथै उनले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सामान्य लक्षणमात्रै देखिएको पनि बताएका छन् । 

अनुपमकी आमा मुम्बाईस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् भने बाँकी सदस्य भने घरमै सेल्फ–क्वारेन्टिनमा रहेको पनि उनले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *