Home / Nepal / News / निरन्तर बर्षा पछिको बाढि र पहिरोले विभिन्न जिल्लामा जनधनको क्षती

निरन्तर बर्षा पछिको बाढि र पहिरोले विभिन्न जिल्लामा जनधनको क्षती

मनसुनको सक्रियता सँगै देशका विभिन्न स्थानमा बिहीबार देखि वर्षा भइरहेको छ । बर्षा संगै बाढी र पहिरोले लमजुङ , कास्की, म्याग्दी , गुल्मी , लगायतका विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति भएको छ।

लमजुङको बेसीसहरमा पहिरोले दीपक तामाङको घर पुरिंदा दिपक सङै उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ मृत्यु भएको छ भने

गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका फुस्रेका ६२ वर्षीय पुरुषको शुक्रबार बिहान करिब ८ बजेतिर पहिरोमा पुरिएर मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा पनि शुक्रबार बिहानैदेखि बदली भई पानी परिरहेको र चार दिनसम्म देशभरको मौसम बदली वर्षा हुने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *