Home / Politics / दुवै अध्यक्ष आ–आफ्नो अडानमा, विवाद मिलाउन दोश्रो तहका नेताहरु सक्रिय

दुवै अध्यक्ष आ–आफ्नो अडानमा, विवाद मिलाउन दोश्रो तहका नेताहरु सक्रिय

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चार पटकसम्म भएको वार्ता सफल हुन नसकेपछि दोस्रो पुस्ताका नेताहरु सहमति जुटाउने गृहकार्यमा जुटेका छन् ।

ओली र प्रचण्डबीच वान टु वान भएको वार्ता र छलफलमा दुवै अध्यक्षले आ–आफ्नो अडान नछोडेपछि संवाद नै हुन छोडेको छ ।

पार्टी एकतालाई बचाउन र पार्टीभित्रको आन्तरिक विवादको समाधान खोज्न दोसो पुस्ताका नेताहरुले छलफल अगाडि बढाएका छन् ।

सहमतिको खोजी गर्न स्थायी समिति सदस्य मणि थापा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत घनश्याम भुसाल, शंकर पोखरेल, टोपबहादुर राइमाझीलगायत बीच कृषि तथा पशुपन्छी मन्त्रालयमा छलफलमा जुटेका छन् ।

दुई नेताबीचको वार्ता नै अनिश्चित भएपछि शुक्रबारका लागि बोलाइएको स्थायी समिति बैठक समेत प्रभावित हुने संकेत देखिएपछि उनीहरु रणनीतिक छलफल जारी छ ।

यसअघि तीन पटक स्थगित गरिएको स्थायी समिति बैठक असार २६ गते ११ बजेलाई बोलाइएको छ ।

त्यसअघि दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास गरेपनि अडानबाट टसको मस नभएपछि नेकपाभित्रको विवाद थप लम्बिने संकेत देखिएको छ ।


स्थायी समिति बैठकमा प्रधामन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *