Home / Politics / नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री बढुवा

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ ।

उनी प्रहरीको २८ औँ महानिरीक्षक हुन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एआईजी थापालाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको एक मन्त्रीले जानकारी गराए । आईजीपीको प्रतिष्पर्धामा थापासँगै एआईजी हरि पालसमेत थिए ।

महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाउँदैछन् ।  उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउन लागेका हुन् ।

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।  प्रहरीभित्र थापा व्यवसायिक अधिकृत मानिन्छन् । थापाले पहिलोपटक नै प्रहरी निरीक्षकमा आवेदन गरेकोमा छनोट भएका थिए । 

उनले भनेका थिए, “मैले अन्य सेवाको बारेमा कुनै योजना बनाइन । प्रहरीमै आवदेन गरेँ । छनोट पनि भए । त्यसैले प्रहरी नभएको भए अरु के हुन्थे भन्नेबारे सोच्न भ्याइन ।”

थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्त्वपूर्ण कमान्ड सम्हालेका छन् । 

अहिले उनी मानव स्रोत एवं प्रशासन विभागको प्रमुख थिए । थापाले राजनीतिशास्त्रमा एमए गरेका छन् । भक्तपुरमा जन्मिएका थापाका बुबा पनि अवकाशप्राप्त डीआईजी हुन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *