Home / Politics / सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गर्न सिफारिस

सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गर्न सिफारिस

काठमाडौं ।  समाजवादी पार्टीभित्र सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गर्न सिफारिस भएको छ । समाजवादी पार्टीले गठन गरेको छानबिन समितिले यस्तो सिफारिस गरेको समितिका एक सदस्यले बताए । 

लिपुलेक, लिम्पियाधुरासहितको भारत अतिक्रमित नेपाली भूमि समेटेको नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गर्ने प्रस्तावको पक्षमा पार्टी उभिँदा उनले अटेर गरेकी थिइन् । 

सोही विषयलाई लिएर गिरीमाथि कारबाही माग भएपछि समाजवादी पार्टीले छानबिन समिति गठन गरेको थियो ।

समाजवादी पार्टीले रामसहायप्रसाद यादव संयोजक, मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । 

समितिले गरेको सिफारिसबारे पार्टीले निर्णयपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढ्नेछ ।

पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरे सांसद पदसमेत जानेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *