Home / Nepal / बलिउड कोरियोग्राफर सरोज खानको मृत्युको कारण कार्डियक अरेस्ट

बलिउड कोरियोग्राफर सरोज खानको मृत्युको कारण कार्डियक अरेस्ट

काठमाडौँ । बलिउड प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ ।

बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।

सास फेर्ने समस्यामा भर्ना भएका सरोज खान शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको हो । खाजलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।

उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।

उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको भारतीय न्युज च्यानल आजतकले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *