Home / Nepal / कैलाली देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला

कैलाली देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला

corona recover children

काठमाडौं । कैलाली देशकै सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा बिहीबार एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि कैलाली सबैभन्दा धेरै कोरोना संक्रमित हुने जिल्ला भएको हो ।  

सुदूरपश्चिम प्रदेशमा बिहीबार ३३३ जना कोरोना सङ्क्रमित थपिँदा कैलालीमा मात्रै १३८ जनामा कोरोना पुष्टि भएको थियो । 

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९३३ पुगेकोमा कैलालीमा मात्रै सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बनाए । 

भारतसँग सीमा जोडिएको कैलालीबाट धेरै नागरिक रोजगारीका लागि भारत जाने गरेका छन् । संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *