पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९, तनहुँमा ९, पर्वतमा ३ तथा बाग्लुङमा १ जना गरि थप ३२ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जनाएका छन् ।
उनका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।







