Home / World News / लकडाउनमा विवाह गर्दा फैलियो कोरोना, बेहुलाको मृत्यु, ८० पाहुना सन्क्रमित

लकडाउनमा विवाह गर्दा फैलियो कोरोना, बेहुलाको मृत्यु, ८० पाहुना सन्क्रमित

एजेन्सी । लकडाउनमा विवाह गरेका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, विवाहमा सहभागी ८० जना पाहुनामा समेत कोरोना संकमण पुष्टि भएको छ । ज्वरोले ग्रसित ती बेहुलो सिटामोलको भरमा विवाह मण्डपमा बसेका थिए ।

विवाहको दुई दिनपछि भारतको वीहार घर भएका ती युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाहमा संलग्न भएका अन्य पाहुनाको कोरोना परीक्षण भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *