काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजनीतिक दलका शीर्ष नेताहरु शिलत विनासमा सहभागी हुनुभएको छ ।
सरकारले लिम्पियाधुरासहित नेपालका भूभाग समेटेर नक्सा जारी गरेको र संविधानमा अंकित गरेको खुसीयालीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चियापान आयोजना गरेकी छन् ।
कोरोना कहरकै बीच राष्ट्रपति भण्डारीले शीतल निवासमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई धन्यवाद दिन चियापान आयोजना गरेकी थिइन् ।

“प्रधानमन्त्रीले महान काम गर्नुभएको छ नि !,” चियापानमा सहभागी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले भने, “त्यसैको खुसीयालीमा चियापान आयोजना गरेको रहेछ । चियापानमा राष्ट्रपतिले बोल्नुभयो । धन्यवाद ज्ञापन गर्नुभयो । हामी खल्तीभरि धन्यवाद लिएर फर्कियौं ।”
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराई सहिति राजनीतिक दलका नेताहरु सहभागी रहेका छन् ।

संविधान संशोधन, नागरिकता विधेयक लगायतको विषयमा परामर्श गर्नको लागि राष्ट्रपति भण्डारीले लामो समयपछि राजनीति दलहरुको अभिमत बुझन लाग्नुभएको शितल निवासले जनाएको छ ।






