Home / Nepal / ओलीजीलाई पाँच बर्ष नै प्रधानमन्त्री दिनु गल्ती भोः प्रचण्ड

ओलीजीलाई पाँच बर्ष नै प्रधानमन्त्री दिनु गल्ती भोः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीलाई सदृढ बनाउन पाँच बर्ष नै प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन गर्न दिएकोमा आफूलाई पश्चताप लागेको बताउनुभएको छ ।

उहाँले पूर्व सहमति अनुसार आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने पूर्वसहमतिबाट आफू पछाडि हटेर पार्टीलाई बलियो बनाउन लागेपनि प्रधानमन्त्री ओलीले पार्टी एकताको भावना विपरीत चलेको बताउनुभएको हो ।


पार्टी स्थायी समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले पार्टी बैठकले कार्यकारी अधिकार दिएपनि उपभोग गर्न नपाएकोप्रति असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले बताए ।

ती सदस्य प्रचण्डको भनाई उदृत गर्दै भने,‘मैले पूर्व सहमतिबाट पछाडि हटेर पार्टीलाई बलियो बनाउन पाँच बर्ष नै ओलीजीलाई प्रधानमन्त्री बन्न सहयोग गरे, तर अहिले मैले कार्यकारी अध्यक्षको भूमिका पाएपनि अधिकार भने पाएको छैन् ।’


प्रचण्डले सरकारले राम्रो काम गर्न नसकेकोप्रति असन्तुष्टि जनाउदै सरकारको काम प्रभावकारी हुन नसकेको बताउनुभएको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *