Home / Society / रुकुम नरसंहार : वडाध्यक्षसहित २३ जना पुर्पक्षको लागि थुनामा

रुकुम नरसंहार : वडाध्यक्षसहित २३ जना पुर्पक्षको लागि थुनामा

रुकुम । रुकुम पश्चिमको सोतीमा भएको नरसंहार घटनाका आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत रुकुमले आज थुनछेक बहस सकिएपछि वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षको लागि कारागारमा पठाउन आदेश दिएको हो ।

उक्त घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालाई सुधार गृहमा, तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

घटनामा ३४ जनाविरुद्ध किटानी जाहेरी परेकोमा पाँच जना फरार रहेका छन् ।

गएको जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए ।

त्यही क्रममा बेपत्ता भएका नवराज विक सहित ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *