Home / Society / काश्मिर भिडन्तमा गोली लागेर एक गोर्खा सैनिकको मृत्यु

काश्मिर भिडन्तमा गोली लागेर एक गोर्खा सैनिकको मृत्यु

काठमाडौँ । भारत र पाकिस्तानको विवादास्पद सीमाक्षेत्र काश्मिरमा गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

भारतीय गोर्खा सेनामा कार्यरत गुल्मीका दीपक कार्कीको श्रीनगरमा आइतबार मृत्यु भएको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताएका छन् ।

एजेन्सीहरुका अनुसार आइतबार भएको घटनामा तीन जनाको मृत्यु भएको थियो ।

त्यसको दुई दिनअगाडि भएको अर्को घटनामा आठ जना विद्रोहीको मृत्यु भएको थियो ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले  पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको पुष्टि गरेका छन्।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए। कार्कीको परिवारमा ९० वर्षीय बुवा एक श्रीमती २ छोरी र एक छोरा छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *