Home / Nepal / News / कोरोना भाइरसका ४२६ संक्रमित थपिए,संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

कोरोना भाइरसका ४२६ संक्रमित थपिए,संक्रमितको संख्या ८ हजार २७४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ४२६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिएका हुन् ।

बिहीबार ६७१ जना कोरोना संक्रमित थपिएका थिए । बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।

देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

कुल कोरोना संक्रमितको संख्या ८ हजार २७४  पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ४०२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका २४ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  ६१ हजार  ७४९ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४७ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ९ हजार ४६१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६  हजार ८५०  कोरोना संक्रमितहरु रहेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *