Home / Nepal / करण, सलमान, वाईआरएफ, सएसआरके, भन्साली आदिको फिल्म बाईकट गर्ने अभियान जारी

करण, सलमान, वाईआरएफ, सएसआरके, भन्साली आदिको फिल्म बाईकट गर्ने अभियान जारी

काठमाडाैँ । मिडिया हाउसहरू तथा डिजिटल प्लाट्फर्मबाट केही बलिवुड चलचित्रहरूको प्रचार रोक्न अभियान सुरु गरिएको छ । नेटफ्लिक्स, अमेजन प्राइम र हटस्टारलाई सलमान खान, करण जोहर आदिका बलिवुड चलचित्रहरूको प्रचार रोक्न अभियान सुरु गरिएको हो ।

सुशान्तको जस्तो घटना फेरी हुन नदिनका लागी करण, वाईआरएफ, एसआरके, भन्साली आदि एउटा गिरोहको भएकाले यस्ताे गरीएकाे अर्न्तराष्ट्रिय मिडिया चेन्ज ओआरजीले जनाएको छ।

विश्वको दोस्रो ठूलो संख्यामा चलचित्र बनाउने बलिवूडलाई आधा दर्जन भाइ भतिजावादीहरूद्वारा नियन्त्रण गरिनु लाजमर्दो भएको भनिएको छ।

प्रतिभा, सीप, कडा परिश्रम, समर्पणको साथ कोही पनि अन्य कुनै पनि प्रकारको व्यवसायमा सफल हुनपर्ने हो तर बलिवुडलाई भतिजावादीहरूद्वारा नियन्त्रण गरि कमाई खाने भाँडो बनाएको आरोप पनी लगाइएको छ ।

सुशांत सिंहलाई वस्तुतः ट्रोल गरिएको थियो, र्याग गरिएको थियो र उनी विरुद्ध बदमासि गरिएको थियोे ।

उनि एक बौद्धिक, अध्ययनशील र इमानदार छबीका थिए । जस्तो केजे, आलिया, कपूर परिवारका बच्चाहरू जस्ता स्कूल छोड्नेहरू भन्दा उनी निकै फरक थिए ।

करणले सुशांत सिंहको इन्स्टा एसी सकारात्मक पोष्ट र अन्य रोचक सामग्रीहरू मेटाउन लगाएको बताइएको छ।


बलिउड नेपोटिज्मले प्रतिभालाई मारेको भन्दै तीनीहरुको फिल्ममा प्रतिबन्द लगाउन अहिले विभिन्न माध्यमद्वारा अभियान चलाईएको छ ।

-चेन्ज ओआरजी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *