Home / Nepal / ५९ करोडका मालिक सुशान्तले चन्द्रमामा पनि जग्गा किनेका थिए…

५९ करोडका मालिक सुशान्तले चन्द्रमामा पनि जग्गा किनेका थिए…

नयाँ दिल्ली, एजेन्सी। हालै मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतको थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको खुलेको छ ।

५९ करोड भारु बराबरको सम्पत्तिका मालिक अन्तरिक्ष प्रेमी थिए ।

उनी अधिकांश समय सूर्य ,चन्द्रमामा, नक्षत्र ग्रह जस्ता ब्रम्हान्डिय वस्तुहरुबारे कुरा गरिरहन्थे । घन्टौ आकास नियाल्ने बानी भएका उनीसंग निकै महंगो टेलिस्कोप पनि छ ।

शनि ग्रहको चक्का हेर्न उनले त्यो निकै महंगो टेलिस्कोप किनेका थिए ।

भगवान शिवजीका अनन्य भक्त उनी प्रायश ओमको ब्रम्हान्डिय महत्वबारे सामाजिक संजालमा सामग्रीहरु पोस्ट गरिरहन्थे ।

मोटर साइकल भनेपछि हुरुक्कै हुने उनीसंग स्टाइलिस बिएमडब्ल्यु के १३०० आर मोटरसाइकल लक्जरी स्पोर्टस कार मासेरटी क्वात्रोपोर्ते र ल्यान्ड रोभर रेन्ज रोभर सभ पनि छ ।

चन्द्रमामा आफ्नो जग्गा हुने एक मात्र अर्को वलिवुड कलाकार शाहरुख खान हुन् उनलाई एकजना फ्यानले सो जग्गा किनिदिएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *