Home / Nepal / सुशान्त सिंह राजपुत : एमएस धोनी अनटोल्ड स्टोरीबाट चम्केका बलिउड स्टार

सुशान्त सिंह राजपुत : एमएस धोनी अनटोल्ड स्टोरीबाट चम्केका बलिउड स्टार

काठमाडौं । सुशान्त सिंह राजपुत एमएस धोनी अनटोल्ड स्टोरीबाट चम्केका बलिउड स्टार थिए ।

रिल लाइफमा संघर्ष गरेर स्टार बन्ने राजपुतले रियल लाइफमा भने हरेस खाए । उनी आज मुम्बईस्थित उनकै घरमा मृत भेटिए । उनले आत्महत्या गरेका थिए ।

बिहारमा जन्मेका ३४ वर्षका राजपुतले बालीउडको शुरुवातमा निकै संघर्ष गरेका थिउ । उनको पहिलो कमाई भनेको २ सय ५० भारु थियो ।

राजपुतले एक अन्तर्वार्तामा बताएका थिए कि संघर्षको दिनमा उनी ६ जनासँग एउटै कोठा शेयर गरेका थिए । उनले त्यसैबेला एक नाटकमा २ सय ५० भारु पाएका थिए ।

उनी बलिउडका केही चलचित्रमा एक्स्ट्रा डान्सरको रुपमा समेत काम गरेका थिए । उनले सन् २००८ मा टीभीमा पहिलो पटक बालाजी टेलिफिल्म्सको शो किस देश मे है मेरा दिल बाट ब्रेक पाएका थिए ।

राजपुतको करियर २००९ देखि २०११ को बीचमा आएको टीभी शो पवित्र रिश्ताबाट दौडेको थियो । सन् २०१३ मा काई पो छे नामक बलिउड चलचित्रबाट ठूलो पर्दामा उनलाई स्थापित गराएको थियो । सो चलचित्रमा उनको निकै प्रशंसा भएको थियो ।

मुम्बईको मलाडस्थित २ बीएचके अपार्टमेन्टमा रहेका उनले सन् २०१५ मा पाली हिलमा एक पेन्टहाउस किनेका थिए ।

यसको लागि उनले २० करोड भारु तिरेका थिए । केही वर्षअघि पैसाको मोहताज भएका राजपुतले करोडौंका घर किन्न सकेका थिए ।

बलिवूड अभिनेता सुशांत सिंह राजपूतले गरे आत्महत्या

राजपुतले एमएस धोनी र केदारनाथ जस्तो हिट चलचित्र दिएका थिए । उनले पीकेमा आमिर खानसँग पनि काम गरेर तारिफ पाएका थिए ।

हाल उनी एक चलचित्रका लागि ५ देखि ७ करोड सम्म लिने गर्थे । तर यतिका कमाई भएपनि उनले आत्महत्या किन गरियो भन्ने प्रश्न सबैमा आएको छ ।

यस्तै राजपुतले चन्द्रमामा समेत जग्गा किनेका थिए । उनले सन् २०१८ मा किनेको जग्गा सी अफ मसकोभी मा रहेको छ ।

उनले त्यो जग्गा हेर्नका लागि एउटा टेलिस्कोप पनि किनेका थिए । एडभान्स टेलिस्कोप १४ एलएक्स०० बाट उनी जग्गा हेर्न गर्थे । उनी चन्द्रमामा जग्गा किन्ने पहिलो एक्टर पनि थिए ।

एमएस धोनी अनटोल्ड स्टोरीमा खेलेपछि राजपुतलाई खेलाडीहरुले समेत सम्मान गर्छन् ।

धोनीको लुक आएका राजपुतले धोनीको जीवनीसँग न्याय गरेको धोनीले समेत बताएका थिए । धोनीको प्रेम कथादेखि लिएर क्रिकेटमा लागेको कथा त्यसमा समेटिएको थियो ।

सन् २०१६ सेप्टेम्बरमा आएको एमएस धोनीको बायोपिक चलचित्रमा धोनीले विश्वकप २०११ जितेको क्षण पनि समेटिएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *