Home / Nepal / News / अब निजीले पनि पीसीआर परीक्षण गर्ने, खर्च सरकारले ब्यहोर्ने

अब निजीले पनि पीसीआर परीक्षण गर्ने, खर्च सरकारले ब्यहोर्ने

काठमाडौं । कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन सरकारले निजीलाई पनि पीसीआर परीक्षणको अनुमति दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अबदेखि आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थालाई पनि कोरोना परीक्षण गर्न दिइने भएको छ । 

त्यसका लागि लाग्‍ने खर्च नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने डा. गौतमले बताए । 

त्यसैगरी, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन, वीर र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामाबाट गर्न सकिने व्यवस्था समेत गरेको जानकारी दिए ।

यसअघि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरिएको थियो । केही निजी स्वास्थ्य संस्थाहरुले समेत आफू कोरोना परीक्षणका लागि सक्षम भएको बताएका थिए । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *