Home / Nepal / News / नेपालमा कोरोना भाइरस ४२५ संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

नेपालमा कोरोना भाइरस ४२५ संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ७६० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् । 

देशभर हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ७३६ महिला रहेका छन् । 

रुकुम पूर्व थप भई ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा ६ हजार ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *