Home / Nepal / News / कोरोना भाइरसका २५० संक्रमित थपिए, संक्रमितको संख्या चार हजार ६१४ पुग्यो

कोरोना भाइरसका २५० संक्रमित थपिए, संक्रमितको संख्या चार हजार ६१४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३०  पुरुष रहेका छन् भने  २० महिला रहेका छन् । 

देशभर कुल कोरोना संक्रमितको संख्या चार हजार ६१४ पुगेको छ । देशभरका ७७ मध्ये ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

हालसम्म देशभरबाट कोरोना संक्रमितको उपचारपछि ८६१ डिस्चार्ज भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् ।

देशभर हालसम्म एक लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गरिएको छ भने एक लाख ७८ हजार ९४३ जनाको आरडीटी परीक्षण गरिएको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार १९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका क्वारेन्टाइनमा एक लाख ६२ हजार १३ हजार रहेका छन् भने आइसोलेसनमा ३ हजार ७३८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *