Home / Nepal / News / कोरोना भाइरसका ३२३ संक्रमित थपिए, कुल संख्या ४ हजार नाघ्यो

कोरोना भाइरसका ३२३ संक्रमित थपिए, कुल संख्या ४ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । 

हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।  पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

हालसम्म  कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३३१  वटा नमुना  संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *