Home / Nepal / कृषि तथा पसुपन्छी बिकास मन्त्री घनश्याम भुसाललाइ खुला पत्र

कृषि तथा पसुपन्छी बिकास मन्त्री घनश्याम भुसाललाइ खुला पत्र

माननीय मन्त्री घनश्याम भुसाल ज्यु नमस्कार,
आराम नै हुनुहुन्छ भन्ने कामना सहित यो खुल्ला पत्र लेखिरहेको छु।

तपाईंको पार्टि एमाले भित्र खरो र यथार्थ विश्लेषण गर्ने नेता भएकै कारण म जस्ता एमाले पार्टी बाहिरका मानिसले समेत मन पराउने गरेका छौ।

समाजसेवामा स्नातकोत्तर गर्नुभएका माननिय ज्यु एमालेमा रहेका अन्य नेताहरु भन्दा समाजको वास्तविकता बारे धेरै हेक्का राख्नु हुन्छ भन्ने विश्वास मैले लिएको छु।


पहिले नै विना विभागीय मन्त्रालय सम्हालि सक्नुभएको कारणले पनि तपाइँको लागि जिम्मेवारी नयाँ भएता पनि क्याबिनेट नयाँ होइन भन्ने लाग्दछ।

अहिलेको परिस्थिति र अवस्था हेर्दा तपाईंले सम्हाली रहनु भएको मन्त्रालय थोरै काम गर्दा पनि धेरै जस लिन सक्ने मन्त्रालय हो जस्तो लाग्दछ।


हाल विश्वव्यापी महामारी कोरोनाका कारण संसारभरिका मानिसको जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा नेपालका सीमान्तकृत कृषकहरूको जनजीवन कस्तो होला,


भन्ने तपाइँ आफै समाजशास्त्र मा स्नातकोत्तर गरेर लामो समय समाजमा घुलमिल हुनु भएको अनुभवी नेतालाइ मैले यो पत्र बाट भनिरहनु पक्कै पर्दैन।

पछिल्लो दिनमा विकसित घटनाबाट विक्षिप्त भएर आज सात समुद्र पारीबाट एउटा किसानको छोरो भएको नाताले मन्त्री ज्युलाइ यो सानो पत्र लेखिरहेको छु।

कोरोना भाइरसका कारण सम्पुर्ण चिज हरु ठप्प भइरहे पनि यसपालि मौसमले केही साथ दिएका कारण नगदेबाली तथा तरकारी पर्याप्त उत्पादन भएको छ

कृषी जस्तो महत्त्वपूर्ण मन्त्रालय पाउनु भएको छ। तर के समस्या भयो र आज युद्धबाट थाकेको सिपाही जस्तो भइरहनु भएको छ?

लकडाउन मा धेरै कुराको माग घटेता भने तरकारी तथा फलफूलको मागमा कुनै पनि गिरावट आएको छैन।

ढुवानी तथा अन्य कारणले किसानले उत्पादन गरेको आफ्ना उत्पादित वस्तुहरुको बारिमा नै खेर गरिरहेका छन। भने यसको ठिक बिपरित भारतिय कृषि उपज नेपाली बजारमा भित्रिरहेका छन।

काभ्रेमा उत्पादित सब्जी काठमाडौंसम्म ल्याउन ढुवानी समस्या हुने तर भैरहवा, नेपालगंज, विराटनगर नाका हुँदै काठमाडौंसम्म आउन ढुवानीमा समस्या नहुने यसको कारण के हुनसक्ला मन्त्रीज्यू?

काभ्रेमा उत्पादित सब्जी काठमाडौंसम्म ल्याउन ढुवानी समस्या हुने तर भैरहवा, नेपालगंज, विराटनगर नाका हुँदै काठमाडौंसम्म आउन ढुवानीमा समस्या नहुने यसको कारण के हुनसक्ला मन्त्रीज्यू?

केही दिनअघि चितवनमा उत्पादित लाखौँ मूल्यको सब्जी पोखरामा खाडल खनेर पुरेको घटनाले हामी जस्ता किसानको मन भकानिएको छ। नेपाली सब्जी नस्ट गरि अहिले पोखराबासी लाई भारतीय सब्जी ख्वाइरहेको अवस्था छ।

एकजना मन्त्रीको हैसियत मन्त्रालयमा कति हुन्छ मलाई थाहा छैन तर आफ्नो मन्त्रालय भित्रको कुनै एउटा निर्णय पनि गर्न नसक्ने त पक्कै हुन्न होला जस्तो लाग्छ।

एमालेमा मात्र होइन तपाईंको पार्टी बाहिर पनि हामी जस्ता लाखौ जनताले आश गरेको माननीय आज मन्त्री हुनुहुन्छ।
त्यसमा पनि कृषी जस्तो महत्त्वपूर्ण मन्त्रालय पाउनु भएको छ। तर के समस्या भयो र आज युद्धबाट थाकेको सिपाही जस्तो भइरहनु भएको छ?

हालसाल मात्र एक पटक तराई नजानुस मन्त्री ज्यु तराइका सप्तरी सिराहा धनुषा महोत्तरी सर्लाही लगायत जिल्लामा थामी नसक्ने गरी आँप फलेका छ्न तर

त्यहाँका किसानहरु आँप बिक्री नभएरका कारण आँप यसै फाल्नुपर्ने अवस्थामा पुगेका छन् ।
तर त्यसको ठीक विपरीत काठमाडौंका उपभोक्ता
बिषादी युक्त भारतीय महंगो आँप खरिद गर्न बाध्य रहेका छन्।
जसरी यातायात मन्त्री बसन्त नेम्बाङले आफू मन्त्री भएको १०० दिनमा नै जनताले महसुस गर्न सक्ने खालको काम गरेर देखाई दिनु भएको छ,

भने कृषिमा यति बराबरको काम गर्न दुई हप्ता नै पर्याप्त हुन्छ जस्तो लाग्छ मलाइ यदि इच्छाशक्ति हुने हो भने।

यदि एउटा मन्त्रीले अलिकति जुजारु भएर अघि बढ्यो भने यति परिबर्तन हुन सक्छ भने यस्तो विषम परिस्थितिमा कृपया एकपटक मात्र भएपनि विचार गरि बाताबरण मिलाइ दिएर नेपाली तरकारी फलफुल बजार सम्म पुर्याउन सके हजारौं किसान र लाखौ उपभोक्ता लाभान्वित हुने थियौ।

तपाईंको सुभ चिन्तक
ऋषि बराल
सात समुन्द्र पारी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *