Home / Nepal / नेपाली साना कृषकहरूका लागि बाली उपचार शिविरको महत्त्व (लेख)

नेपाली साना कृषकहरूका लागि बाली उपचार शिविरको महत्त्व (लेख)

  • रीता बास्ताकोटी


नेपालको भौगोलिक वनावटले गर्दा कृषि-जलवायु र बाली उत्पादनमा अपार विविधता पाईन्छ । बाली उत्पादनमा धेरै तत्वहरुले बाधा पुर्याउने भएतापनि प्रमुख बाधक कीरा हो ।

करीव ३५/४०% उत्पादन अगाडी र उत्पादन पश्चात नोक्सान किराका कारणले हुने विभिन्न अध्ययनहरूबाट स्पष्ट हुन्छ।

नेपालमा विभिन्न प्रकारका रसायनहरू बालीहरूको कीरा नियन्त्रण गर्न प्रयोग गरिन्छ।

यद्यपि रासायनिक विषादीले कीराको जनसंख्या र तिनीहरुबाट हुने क्षति घटाउन उपयोगी भएतापनि, त्यसले वातावरणीय प्रदूषण, माटोको उर्वरता शक्तिमा ह्रास र प्राकृतिक शत्रुहरूको विनाश निम्त्याउन सक्दछ भने विषादीको बढी प्रयोगले कीराहरुमा विषादी प्रतिरोधक क्षमताको विकास हुन सक्छ।


अर्कोतर्फ, कृषि प्राविधिक र कृषि प्रसार सेवाको अभावका कारण किराहरुको पहिचान र निदानका सेवाहरू समयमा उपलब्ध गराउन सकिएको छैन।

यसबाहेक, किराहरूको विश्वसनीय तथ्याङ्कको संकलन र व्यवस्थित अनुगमनको अभावका कारण कृषकहरूले बोटबिरुवा स्वास्थ्य सम्बन्धी समस्याहरुको समाधान गर्न सल्लाह सुझावपर्याप्त मात्रामा पाएका छैनन्।


यस सन्दर्भमा, नेपालका कृषकहरूलाई बाली उपचार शिविरहरू बोटबिरुवाको स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव उपलब्ध गराउने नयाँ दृष्टिकोण हो।

बाली उपचार शिविरहरू प्रशिक्षित प्लान्ट डाक्टरहरूद्वारा सञ्चालित हुन्छन्, जो प्राय जसो कृषि प्रसार कार्यकर्ताहरु हुन्छन्।

कृषकहरूले आफ्नो बोटबिरुवाको स्वास्थ्यमा समस्या भएको थाहा पाएपछि यी क्लिनिकहरूमा गईप्लान्ट डाक्टरहरूलाई समस्याको व्याख्या गर्छन् ।

त्यसपछि प्लान्ट डाक्टरहरूले वोटविरुवाको समस्याको पहिचान पश्चयात् कीराको कारणले हो भने किरा व्यवस्थापनको लागि सिफारिसहरू दिन्छन्।

कृषकहरू आफैले सल्लाह सुझावको आवश्यकता ठानेमा बाली उपचार शिविरसंचालन हुने भएकाले यस्ता शिविर कृषकहरुको मागद्वारा संचालित हुन्छन्।

प्लान्ट डाक्टरहरू र कृषकहरु बिच स्थापित भएको नियमित सम्पर्कले बिरूवामा भएका समस्याहरूको समाधानका लागि सँगै काम गर्न मद्दत पुग्दछ।

बाली उपचार शिविरहरूले अनुसन्धान, प्रसार, नियमन र सामग्री आपूर्ति बीचको सम्बन्धलाई सुदृढ पार्दै नेपालमा विद्यमान प्रसार दृष्टिकोणहरूलाई परिपूरक गरी बोटबिरुवाको स्वास्थ्य प्रणाली सुधार गर्ने लक्ष्य राख्दछन्।

परम्परागत बाली उपचार शिविरका साथै अनलाईन बाली उपचार शिविरहरू पनि नेपालमा लागू भइरहेको छ।

अनलाईन-बाली उपचार शिविरमा आई.सी.टी. संरचना समेतसमावेश भएकालेसरोकारवालाहरूलाई वोटविरुवाहरूको स्वास्थ्य सम्बन्धी सान्दर्भिक जानकारीमा पहुँच बढाउनुका साथै समस्याहरूको व्यावहारिक समाधानका लागि ति जानकारीहरुको प्रयोग गर्न मद्दत पुर्याएको पाईन्छ।

अनलाईन-बाली उपचार शिविरमा कृषकहरूलाईसुझावका साथै समस्याको प्रकृति, कारक तत्वको विशेषताहरु र अनुसरण गर्नुपर्ने आवश्यक कार्य एसएमएस सेवा मार्फत जानकारी प्रदान गरिन्छ।

नेपालमा अनलाईन-बाली उपचार शिविरहरू रोगकीरा निगरानीको लागि एक प्रभावकारी उपकरण साबित भई कृषकहरूलाई आफ्नोठाउँमा देखिने रोगकीराकोतथ्याङ्क राख्न सहज पुर्याएको छ ।

नेपाल सरकारकोकृषि प्रसार प्रणालीमा बाली उपचार शिविरको अवधारणापहिले देखिनै अवलम्बन गरिएको पाईन्छ। बाली उपचार शिविरहरू प्लान्ट क्वारेन्टीन एवं विषादी व्यवस्थापन केन्द्र, हरिहरभवन, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), सिंहदरबार प्लाजा,गैरसरकारी संस्थाहरु, कृषि सामग्री बिक्रेताहरु र उत्पादक संगठनहरुको सहयोगमा देशभरिका विभिन्न स्थानहरूमा प्लान्ट डाक्टरहरूले प्रशिक्षित कृषि प्राविधिकहरु तथा आई.पी.एम.कृषक सहजकर्ताहरू द्वारा संचालन हुँदै आएको छ।

नेपाल सरकारले कृषि उपजको उपलब्धता बढाउनको लागि बाली उत्पादन गर्दा हुने नोक्सानीलाई न्यून गर्ने र बालीको उत्पादन बढाउनेभनी दुबै प्राथमिकतामा जोड दिएको छ।

विगतमा नेपालले भोगेको दुईवटा ठूला समस्या भनेकामहाभूकम्प र आर्थिक नाकाबन्दी हो।

महाभूकम्पले गर्दासरकारीअधिकारीहरूलाई मानवीय सहयोग लगायत अन्य कामका लागि तल्लो तहका कर्मचारीहरू खटाउनु पर्ने बाध्यात्मक परिस्थित आयो ।

त्यसबाहेक नेपालमा शासन प्रणालीमा परिवर्तन संगै निजामति कर्मचारीहरु पनि तिन तहमा बाँडिन पुग्यो र पूर्व स्थापित सम्पूर्ण प्रणालीलाई तहस नहस गर्यो।जसको फलस्वरुपस्थानीय स्तरमा सेवा प्रवाहमा समेत पत्यक्ष असर पर्न गएको छ।

स्थानीयस्तरमा संचालन हुनेबाली उपचार शिविरहरूको सञ्चालनमा समेतगम्भीर रूपमा असर पार्यो ।

त्यसैले कृषकहरूले प्रभावकारी रूपमा कीराको व्यवस्थापन गर्न कठिनाइहरूको सामना गरिरहेका छन्।

COVID-१९ महामारीले पनि नेपाली कृषकहरुमा अनेकसमस्या थपेको छ, जसमध्ये बाली संरक्षणको लागि सल्लाहकार सेवाहरूमा नियमित पहुँचको अभाव एक हो भने प्राविधिक ज्ञान र सीपहरूको पहुँचमा कमी अर्को रहेको छ ।

कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा १,००० जना भन्दा बढी एकीकृत शत्रु जीव व्यवस्थापन (आईपीएम) सम्बन्धी तालिम प्राप्त कृषक सहजकर्ताहरू स्थानीय स्तरमा उपलब्ध छन्।

हालको विषम परिस्थितिमा परम्परागत बाली उपचार शिविरकोअवधारणालाई आत्मसाथ गरी यी आई.पी.एम.सहजकर्ताहरूलाई तालिम दिएर स्थानीय स्तरमा कृषकहरूलाई नियमित र कम लागतमा बोटबिरुवाको स्वास्थ्य सम्बन्धीसल्लाह सुझाव प्रदान गर्ने नयाँ कार्यक्रम संचालन गरी कृषकहरुले भोगीरहेको समस्यालाई कम गर्न सकिन्छ।

धेरै क्षेत्र र धेरै कृषकहरु समेटी गुणस्तरीय सेवा सहितकोबाली उपचार शिविरहरूसंचालन गर्दै गएमा यस्ता कार्यक्रमको प्रभावकारिता सुधार गर्न सकिन्छ।

स्थानीय सरकारसंगको समन्वयमा नेपाल सरकारले आईपीएम कृषक सहजकर्ताहरुलाई प्रयोग गरी स्थानीय स्तरमा बाली उपचार शिविरहरूसंचालनका लागि स्रोत विनियोजन गरेको खण्डमा CABI ले प्राविधिक सहयोग गर्न सक्छ।

यसो भएमा सुरक्षित र व्यावहारिक सल्लाह सुझावले गर्दा कीटनाशक विषादीहरूको उचित रूपमा प्रयोग हुन गई कीराहरूले गर्दा हुने हानीनोक्सानी कम गर्न र उत्पादकत्व वृद्धि गर्न मद्दत पुग्दछ।

यसले मानिस, पशुपालन र वातावरणमा पनि सकारात्मक प्रभाव पार्नेछ।

अन्त्यमा, नेपालमा बाली उपचार शिविरहरू संचालन गर्नु अगावैप्रभावकारीरुपमा कीराहरुको तथ्याङ्क व्यवस्थापन रयोजना प्रक्रियामा संकलित तथ्याङ्क उपयोगको लागि अझ बढी व्यवस्थित र विस्तृत अनुसन्धानको आवश्यकता रहेको छ।

लेखकको बारेमा


रिता बस्ताकोटी एक प्रगतिशील किसान हुनुहुन्छ र उहाँलेग्रामीण विकासमा स्नातोकोत्तरगर्नु भएको छ ।

उहाँ अहिले राष्ट्रिय किसान समूह महासंघ, नेपालमा महासचिवको रूपमा कार्यरत हुनुहुन्छ र साना किसानहरूको हकहितका लागि सम्बन्धित संस्थाहरूसँग समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी पाउनु भएको छ।

रिता एक प्रशिक्षित आईपीएम कृषक सहजकर्ता हुनुहन्छ र उहाँकोप्रशिक्षण मुख्यतया आईपीएम पद्धति र कीटनाशक विषादीको सुरक्षित प्रयोगसंग सम्बन्धित थियो।

उहाँ प्रशिक्षित प्लान्ट डाक्टर पनि हो र उहाँले नेपाल सरकारको सहयोगमा बाली उपचार शिविरहरु सक्रियसाथ संचालन गर्दै आउनु भएको छ।

विभिन्न सरकारी र गैर-सरकारी संस्थाहरूले उहाँको कामलाई कदर गरि विभिन्नप्रकारका पुरस्कारहरू प्रदान गरेका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *