Home / Nepal / ‘लक डाउन’ भनेको के हो ? नेपाल ‘लक डाउन’ भयोभने के हुन्छ ?

‘लक डाउन’ भनेको के हो ? नेपाल ‘लक डाउन’ भयोभने के हुन्छ ?

👉️स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाउनेछ।

👉️सार्वजिनक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइनेछ। ( बिहान तथा बेलुका निश्‍चित अवधि तोकेर अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ। )

👉️नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने,

👉️होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने,

👉️नागरिकलाई घरमै अनिवार्य रुपमा बस्‍न आदेश दिइनेछ। आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ।

👉️गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गरिनेछ।

👉️ ‘लक डाउन’को अवधिमा नेपाली सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिनेछ।

👉️ ‘लक डाउन’ भनेको भारतमा भर्खरै जारी गरिएको ‘जनता कर्फ्यु’ जस्तै हो। मानिसहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाईनेछ।

👉️ यो महामारीबाट बच्‍नका लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपायका रुपमा लिइएको छ। कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लकडाउन’ को निर्णय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *