काठमाडौं । कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेको आज ७३ दिन पुगेको छ ।
सरकारले बिना कुनै मोडालिटी लकडाउनको म्याद थपिरहेको भन्दै केही ठाउमा अवज्ञा सुरु भएको छ ।
सरकारले लकडाउनलाई कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफलमा गरिरहेको बेला
सरकारको निर्णयलाई चुनौती दिँदै केही ठाउमा व्यापार व्यवसाय आंशिक सुरु भएका छन।
काठमाडौंका मुख्य व्यापारीक केन्द्रहरु नयाँसडक, भोटेबहाल, इन्द्रचोक लगायत आसपासका क्षेत्रमा अन्य दिनको तुलनामा पसलहरु खुलेका छन ।
बिहीबार काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन पनि धेरै गुडिरहेका छन ।
चाबहिल , कोटेश्वर , ग्वार्को , लगायतका स्थानमा बिहान केही बेर ट्राफिक जाम समेेेत देखिएको थियो ।






