Home / Nepal / इटालीमा एकैदिन ४ हजार २ सय ७ काेराेना भाइरस सङ्क्रमित, हालसम्मकै उच्च

इटालीमा एकैदिन ४ हजार २ सय ७ काेराेना भाइरस सङ्क्रमित, हालसम्मकै उच्च

इटालीमा एकैदिन ४ हजार २ सय ७ काेराेना भाइरस (काेभिड-१९) सङ्क्रमित बिरामी थपिएका छन्। २४ घन्टाभित्र काेराेना भाइरस सङ्क्रमणका नयाँ बिरामी थपिएकाे याे हालसम्मकै उच्च भएकाे इटालीले जनाएकाे छ।

पछिल्लाे २४ घन्टामा उक्त भाइरसकाे सङ्क्रमणबाट ४ सय ७५ जनाकाे मृत्यु भएकाे छ। यससँगै इटालीमा काेराेना भाइरस सङ्क्रमणबाट मर्नेकाे सङ्‍ख्या २ हजार ९ सय ७८ पुगेकाे छ।

इटालीमा कूल सङ्क्रमितकाे सङ्ख्या ३५ हजार ७ सय १३ पुगेकाे तथ्याङ्‍क छ।

चीनकाे हुबेई प्रान्तकाे उहानबाट फैलिएकाे याे भाइरसले हाल युराेप, अमेरिका तथा खाडी राष्ट्रहरुमा आतङ्‍क मच्चाइरहेकाे छ। चीनमा भने पछिल्लाे समय यसकाे सङ्क्रमण नियन्त्रणउन्मुख देखिएकाे छ। विश्व स्वास्थ्य सङ्‍गठनले काेराेना भाइरसलाई ‘विश्वव्यापी महामारी’ घाेषणा गरिसकेकाे छ।

विश्वभर काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या २ लाख बढी पुगिसकेकाे छ भने ८ हजार बढीले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *