Home / Nepal / News / [अपडेट] नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८११ पुग्यो

[अपडेट] नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८११ पुग्यो

काठमाडौं । नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज अपरान्ह ४ बजे स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा २२६ जनामा कोरोना संक्रमण भएको जानकारी दिईएको थियो ।

लगत्तै दुई घण्टापछि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको एक बिज्ञप्ति मार्फत् मन्त्रालयले जानकारी दिएको छ ।

यसरी आज एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ ।

थपिएका  १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *