Home / Nepal / News / दैलेखमा थप १७ र कालीकोटमा एक जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो

दैलेखमा थप १७ र कालीकोटमा एक जनामा कोरोना संक्रमण, कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो

काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका हुन् ।  

प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना  संक्रमित देखिएको बताए । 

उनले भने, “नयाँ कोरोना संक्रमित मध्ये एक जना कालिकोट र १७ जना दैलेखका हुनुहुन्छ ।”

उनका अनुसार कालिकोट शुभकालिका गाउँपालिका ५ का १९ वर्षका पुरुष, दैलेख नारायण नगरपालिका ३, का १६, १९, २९, ४८ र सोही नगपाललिका ५ का १८, २४, २५, २८ र ३५ का पुरुष रहेका छन् ।

त्यसैगरी, देवलकाँडा ४ का १८, २०, २०, २२, २२, सिमडा ८ का  २६, रातापानी ४ का ३८ राडु ९ का २२ का पुरुष रहेका छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२३ जना पुगेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *