Home / Politics / संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस

संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस

काठमाडौं । संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ ।

कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।

मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन् ।

उनले अनुसूचीअनुसार नेपालको वास्तविक नक्सासँग मिलाउन संविधान संशोधन आवश्यक रहेको बताएकी थिइन् ।

https://m.facebook.com/story.php?story_fbid=273612914045592&id=1831141300479219
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *