नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा साढे ६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गएको चौबीस घण्टामा ६ हजार पाँच सय ६६ नयाँ संक्रमित फेला परेका जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार भारतमा कोरोना संक्रतिको संख्या बढेर एक लाख ५८ हजार तीन सय ३३ पुगेको छ ।
भारतमा पछिल्लो चौबीस घण्टामा कोभिड–१९ को महामारीका कारण एक सय ९४ जनाको मृत्यु भएको छ ।
भारतमा महामारीका कारण मृत्यु हुनेको संख्या चार हजार पाँच सय ३१ पुगेको बीबीसीले जनाएको छ ।






