Home / Politics / विराटनगर महानगरपालिकाले निशान छापमा नेपालको नयाँ नक्सा राख्यो

विराटनगर महानगरपालिकाले निशान छापमा नेपालको नयाँ नक्सा राख्यो

विराटनगर । मोरङको बिराटनगर महानगरपालिकाले कार्यालय प्रयोजनमा चलनमा रहेको निशान छापमा नेपालको नयाँ नक्सा अंकित गरेको छ । 

महानगरका प्रमुख भीम पराजुलीले सोमबारनै कार्यालय प्रयोजनमा राखिएको निशान छापमा प्रयोग भएको नेपालको नक्सा संशोधन गरी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको हो  । 

सरकारले नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा जारी गरेकसंगै महानगर प्रमुख पराजुलीले पनि नक्सा परिवर्तन गरिएको बताए । 

पराजुलीले भने,“सम्भवत यो नेपालका सरकारी कार्यालयमा पहिलो परिवर्तन हुन सक्छ ।”

पराजुलीले आफ्नो कार्यकक्ष र बैठक हलमा सजाइएको निशानछापमा रहेको नेपालको नक्सामा नयाँ राख्न लगाए । सोहीअनुरुप निशान छापमा नयाँ नक्सा पेन्टिङ गरी थप गरिएको हो ।

संघीय सरकारले गरेको परिवर्तनलाई महानगरले तत्काल लागू गरेको पराजुलीको भनाइ छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *