Home / Nepal / News / थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६८२ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौँ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका  ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरूष, काठमाडौं-१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताएका छन् ।

यसअघि सोमबार बिहानै काठमाडौंका तीनसहित ७२ जना कोरोना संक्रमित थपिएका थिए ।

यससँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ। हालसम्म ११२ जना कोरोनामुक्त भएर घर फर्कि सकेका छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *