Home / World News / भारतका पूर्वमन्त्री भन्छन : नेपाल-भारत सीमा विवाद चाँडै सुल्झाउनु पर्छ

भारतका पूर्वमन्त्री भन्छन : नेपाल-भारत सीमा विवाद चाँडै सुल्झाउनु पर्छ

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं पूर्वमन्त्री के. नटवर सिंहले नेपाल-भारत सीमा विवाद चाँडै सुल्झाउनुपर्ने बताएका छन् । 

करिब ३१ वर्ष भारतीय विदेश सेवामा काम गरेका के नटवर सिंहले सन्डे गार्जियनमा एक लेख लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, “हाम्रो एकदमै नजिकको र ठूलो भूपरिवेष्ठित छिमेकी नेपाललाई भारले कोरोना भाइरसको महामारीपछि यस विषयमा कुटनीतिक संयन्त्रमार्फत छलफल गर्न चाहेको कुरामा आश्वस्त पार्नुपर्छ ।” यद्पि शताब्दियौंदेखि उक्त भूमि भारतीय नियन्त्रणमा छ ।”

उनले सन् २०१५ मा नेपालले संविधान जारी गर्दा तत्काली विदेश सचिव एस जयशंकरलाई नेपाल पठाएर नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेकोसमेत बताएका छन् । 

उनले भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओली वास्तविक अर्थमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष होइनन् । उनी क्रिप्टो कम्युनिस्ट हुन् । चीनको नेपालप्रतिको कूटनीतिक, भौगोलिक र रानीतिक आकांक्षाबारे सबै जानकार छन् । बेइजिङको सहयोगबिना प्रधानमन्त्री ओलीले भारतविरुद्ध यो कदम चाल्‍ने विषयमा सोच्‍न पनि सक्दैनन् ।” 

नेपालले २० मे, २०२० मा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटर नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा दरार पैदा भएको छ । उक्त नक्साप्रति आपत्ति जनाउँदै भारतले नक्सा स्वीकार्न नसक्ने र उक्त भूभाग आफ्नो भएको दाबी गरेको थियो । 

३ नोभेम्बर, २०१९ मा भारतले जम्मु काश्मीरलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा समेटेको थियो । उक्त नक्साप्रति नेपालले आपत्ति जनाउँदै उक्त भूभाग आफ्नो भएको भारतलाई जानकारी गराएको थियो । उक्त समस्या समाधानका लागि वार्तामा आउन नेपालले दुईपटक पत्राचार गर्दा पनि भारतले जवाफ फर्काएको छैन । 

सन् १८१६ को सुगौली सन्धिअनुसार काली पूर्वका भूभागहरु नेपालको भएको बताइएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *