Home / Nepal / News / कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौ । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि गत बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

आइतबार मृत्यु भएका युवक गत बैशाख ३० गते भारतबाट फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *