Home / Nepal / १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ, कपनको तेन्जिङ चोक सिल गर्ने तयारी

१८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ, कपनको तेन्जिङ चोक सिल गर्ने तयारी

काठमाडौँ । कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *