Home / Technology / लकडाउनमा युवाले गरे आविष्कार, यसरी घरमै बनाउन सकिन्छ सोलार ड्रायर

लकडाउनमा युवाले गरे आविष्कार, यसरी घरमै बनाउन सकिन्छ सोलार ड्रायर

कोरोनाको अनिश्चितता बढ्दै गर्दा खाद्य संकटहुने बिश्वका अर्थबिद, बिश्व बैक, एफ.ए.ओ. लगायत सबैले अनुमान गरेका छन र यस्लाई कसरी ब्यवस्थापन गर्ने भनेर लागी परेका छन ।

यस विषम परिस्थितिमा covid19 ले सारा जगत अस्थ ब्यस्थ भैरहेको बेलामा यस अद्रिश्य सत्रु संग लडनको लागी (Synovation Lab) सिनोभेसन ल्याबले एउटा सानो प्रयास मार्फत समस्या समाधान गर्न सुरु गरेको छ र सुरुवात मानव जीवनमा आधारित कृषि प्रणालीबाट गरियको छ।

lockdown ले गर्दा हामी घरमा जीवन यापन गरी बस्नु परेको छ एस अवस्थामा धेरै कृषक र गृहिणीले बारीमा, खेतमा उत्पादित तरकारी, फलफुल, मसला, जडिबुटी, आदि चीज लाई सुकाई पछी प्रयोगमा ल्याउन सकिन्छ। तेसैले यस (Synovation Lab) सिनोभेसन ल्याबले “सरल सोलार ड्रायर” को आवधारणालाई अघीसारेको छ।

उक्त सोलार ड्रायर बनाउने बिधी सरल नेपाली भाषामा लेखिएको छ र स्थानीयस्थरमा पाउने श्रोत बाट बनाउन सकिन्छ ।

त्यस्को लागी नजिकैको कार्पेन्टरकोमा गएर सस्तो मुल्यमै बनाउन सकिने छ । सोलार ड्रायरको बिशेषताहरु यस प्रकारका छन :

  • ड्रायर भित्र धेरै तापक्रमहुने भएकोले गर्दा खुला घाममा सुकाउनु भन्दा छिटो सुक्छ ।
  • छिटो सुक्ने भएकोले, सुकाउने क्रममा गल्ने वा कुहिने सम्भावना धेरै कम हुन्छ ।
  • धुलो, किरा, पानी, चरा आदी बाट बचाउन सकिन्छ ।
  • श्रम सक्तीको बचत हुन्छ । पानी पर्दा वा राती थन्काउने र फेरी सुकाउने गर्नु पर्दैन ।
  • खाना सफाहुन्छ, रङ पनि राम्रो आउदछ र पोषण तत्वको ह्रास पनि कम हुन्छ । कृसक हरुको उत्पादन बिक्री भएन भने सुकाएर राख्ने र पछी बेच्न वा आफै उपयोग पनि गर्न सकिन्छ ।
  • साथै गृहणिहरुले सिजनमा सस्तो भएको बेला किनेर महगो भएको बेला प्रयोग गर्न सके पैसाको बचत पनि हुन्छ ।

” अहिले ठुला कम्पनी तथा सन्था हरुले खोप, औषधी, टेस्टिङ किट, भेन्टिलेटर, स्वाप टेस्टिङ बुथ, आदी बनाउने कार्य गर्दै हुनुन्छ, हामी वहाँ हरुलाई धेरै नै सम्मन गर्न चाहान्छै । हामी भख्खरै खोल्ने क्रममा रहेको सानो सन्था भएको कारण सानो तर प्रभाभकारी उपाय लिएर आएका छौ” भनेर बताउँछन एस्को पहलकर्ता माहासेन पान्डे ।

वाहाँ अझै भन्नु हुन्छ, “हामिले सोलार ड्रायार बाड्न सरकार वा गैर सरकारी सन्था लाई पनि गुहार्न सक्थेउ तर त्यहाँको झन्झटिलो प्रकृयामा प्रयोग गर्ने समय र शक्ती भन्दा अफैले गरे ब्यभारिक हुने देख्योउ” ।

यस्को पहलकर्ता महासेन पाण्डे र वाहाँलाई इन्जिनियर सिबिराम र लेक्चरर आकाश देवकोटाले साथ दिएकाछन् ।

हुन पनि हो, सरकारको वा बिदेशीको मुख ताकेर बस्नु र निरासहुनु भन्दा आफ्नै पहलमा केहि काम गरे ब्यभारिक र फल्दा हुने देखिन्छ ।

केन्द्रिय सरकारले भन्दा पनि स्थानीय सरकारले वा सहकारी संस्थान हरुले किसान वा गृहणीहरुलाई एस्तो सोलार ड्रायर बनाउन केहि सहजिकारण वा साहायता गरे वा अनुदान नै दिए र धेरै राम्रो हुने थ्यो ।

उक्त सोलार ड्रायर बनाउने क्रमबद्ध सरल प्रकृया सिनोवेसनको फेसबुक पेजबाट समेत जान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *