Home / World News / रसियाकी संस्कृतिमन्त्रीलाई कोरोनाभाइरस पोजेटिभ

रसियाकी संस्कृतिमन्त्रीलाई कोरोनाभाइरस पोजेटिभ

काठमाडौं  । रसियाकी सँस्कृतिमन्त्री ओल्गा ल्यूविमोभालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

रसियाका प्रधानमन्त्री मिखाइल मुहुस्तीन र निर्माण मन्त्री भ्लादिमिर युकुसेभलाई पनि कोरोना भाइरस देखिएर अस्पताल भर्ना गरिएको छ ।

स्पुतनिकन्यूजका अनुसार संस्कृतिमन्त्रीकी प्रवक्ता एना उसाचेभाले बुधबार एउटा विज्ञप्ति जारी गर्दै ओल्गालाई कोभिड १९ का सामान्य लक्षण देखिएका र उनी अहिले घरबाटै काम गरिरहेको जनाएकी छन् । 

उक्त विज्ञप्तिमा भनिएको छ, “भिडियो कन्फरेन्सको माध्यमबाट मिटिङहरु बोलाउँछिन् र अनलाइन मिटिङ र वार्ता गर्छिन् ।

रसियाको मन्त्रिपरिषदकी सबैभन्दा कम उमेरकी (३९ वर्ष) ल्यूविमोभा पूर्वपत्रकार तथा डकुमेन्टरी फिल्म मेकर हुन् ।

 रसियामा कोरोना लागि मृत्यु हुनेको संख्या १५ सय ३७ रहेको छ भने १ लाख ६५ हजार ९ सय २६ रहेको छ । रसियामा अप्रिल महिनाभर लकडाउन कायम रहेको थियो भने यसलाई मे ११ सम्म लम्ब्याइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *