Home / Nepal / News / आज साँझ देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

आज साँझ देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । देशभर दीप प्रज्वलनका लागि आग्रह गरेका हुन् ।

उनले कोरोनाविरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै यस्तो आग्रह गरेको जनाएका छन् ।

“विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औँ जन्मजयन्तिका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरुप्रति उच्च सम्मानस्वरुप, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभका लागि मृत्युवरण गर्नुभएकाहरुको शान्तिका लागि वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गरौँ,” उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *