Home / Nepal / बुद्धजयन्तीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना

बुद्धजयन्तीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी  भण्डारीले  दुई हजार ५६४ औं बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् । 

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा  उनले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेकी छन् । 

बौद्धदर्शनका प्रर्वतक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उहाँले व्यक्त गरेकी छन् । 

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९)को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्‌भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् । – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *