काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको मंगलबार बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ ।
बैठकले कति दिन लकडाउन बढाउने भन्ने बारे भने कुनै निर्णय गरेको छैन ।
सरकारले लिएका नीतिले संक्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष बैठकले निकालेको छ ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरू सही रहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
जनताको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकालेको छ ।
मन्त्रीपरिषदको बैठकले लकडाउनका विषयमा थप निर्णय लिने समेत उनले बताए ।






