लेखक : ज्ञानमान सिङ मोक्तान, नुवाकोट (हाल ओसाका जापान )
नयाँबर्सको सुरुवातसँगै चीनमा कोरोना भाइरस (coronavirus) भन्ने महामारी शुरु भए को भन्ने खबर आउन थाले सुरुवाती चरणमा सामान्य लाग्थ्यो ।
तर जब चिनिया नयाँ वर्षमा जापान आउने पर्यटकहरूका कारण जनवरी महिनामा प्रायः होटलहरु भरिभराउ हुन्थे यसपालि भने त्यसको ठीक विपरीत चिनियाँ हरुलाई जापानका शहरहरुमा देख्न र पाउन मुस्किल हुन थाल्यो।
जनवरी १६, २०२० मा जब जापानमा पहिलो कोरोना संक्रमित पत्ता लाग्यो त्यसको केही दिनमा डाइमोन्ड प्रीन्सेस (diamond princess) नामको पानीजहाजमा करिब ३७०० जना मध्ये धेरै जनामा कोरोनाको लक्षण देखिएपछि जापान कोरोनाको रेड जोन भित्र पर्यो।
मेरो जापानीज भाषाको विद्यालयबाट ग्राजुएट भएर विश्वविद्यालय तथा भोकेसनल स्कुलमा पढ्ने भनेर लगभग निश्चित थियो र म जस्ता लाखौं विद्यार्थीहरुलाई नयाँ कलेजको लागि सुल्क बुझाउनका लागि दबाब बढिरहेको थियो भने त्यसको ठीक विपरीत काम गर्दै आएको कम्पनीहरुले काममा कटौती गरिरहेका थिए ।
जापानमा आउने हरेक विद्यार्थीहरुले एउटा काम बाट लगभग खान बस्न र आफ्नो जीवन यापन गर्न खर्च गर्ने गर्दछन् भने अर्को कामबाट उनीहरुले आफ्नो कलेज शुल्क तथा घरमा अलि खर्च पठाउन सक्दछन् ।
त्यसैले प्रायः हरेक बिदेसी बिधार्थि हरुले दुई वा सोभन्दा बढी काम गर्ने गर्दछन् फेब्रुअरीको अन्तिमतिर देखि जापानका प्रायः कम्पनीहरुले कर्मचारीहरु व्यापक कटौती गर्न थालि रहेका थिए।
मैले काम गर्ने कम्पनीमा हप्ताको २८ घण्टा काम गर्दै आइरहेकोमा १५-२० घन्टाभन्दा बढी काम गर्न पाउन छाडे ।
डाइमन्ड प्रीन्स जाहाजमा ३७०० मानिसहरु मध्ये धेरै कोरोना सङक्रमित भएको पत्ता लाग्यो त्यसपछि भने जापान सरकार केही सतर्क भए पनि संक्रमण फैलिने दरमा कुनै कमि आएन ।
होक्काइतो प्रान्तमा स्वास्थ्य संकटकाल घोषणा गरेसँगै मार्च महिना बाट स्कुल बिश्वबिद्धालय बार क्लब हरु बन्द गर्न निर्देशन दिइयो। जापानमा रहेको बिदेसि विद्यार्थी र विशेषगरी आंशिक काम गर्ने म जस्ता धेरैजना यसको प्रत्यक्ष प्रभाव पर्न गयो ।
आउँदो मे सातसम्म लागि जापानमा संकटकाल घोषणा गरिएको छ अहिले प्रायः धेरै विद्यार्थीहरु कामविहीन भएर बसिरहेका छन्।
म अहिले एउटा खानेकुरा प्याक गर्ने कम्पनीमा काम गर्दछु हप्तामा १८ घण्टा भन्दा बढी काम गर्ने अवसर पाएको छु तर काम गर्ने कम्पनी सम्म पुग्नलाई रेलको प्रयोग गर्नुपर्ने र रेलमा आउँदा जाँदा तथा स्टेसनमा धेरै भीड हुनाले पाइएको काम पनि खानु कि उघेल्नुको स्थितिमा छु।
जापानमा अहिलेसम्म पनि मानिसहरुलाई हिड डुल तथा आवतजावत गर्न रोक लगाइएको छैन । त्यसैले मानिसहरूको प्रायः स्टेसन तथा रेलमा भिडभाड हुनेगर्दछ।
काममा नगए हातमुख जोर्न पनि समस्या हुने र पहिले कमाएको पैसा कलेजको सुल्क तिर्दै बचत गर्न सकिएको थिएन यसैले अहिलेको परिस्थितिमा जुध्न आफूले गर्दै आएको काम नखाउ भने दिन भरिको सिकार खाउ भने बुढा बाउको अनुहार भन्ने उखान जस्तै भएको छ।
म जस्ता करिब नब्बे हजारभन्दा बढी नेपालीहरू जापानमा बसोबास गर्छन् तीमध्ये करिब पन्चनब्बे प्रतिशत नेपालीहरूको अवस्था माथि उल्लेख गरे को जस्तै छ यहाँ बसेर कोरोना नियन्त्रण होस भनेर प्राथना गर्ने भन्दा अरु कुनै उपाय छैन।
जापान सरकारबाट हरेक मानिसले एक लाख जापानीज येन आर्थिक क्षतिपूर्ति पाउने भनेर घोषणा गरिएको भएता पनि कहिले देखि पाउने, कसरी पाउने भन्ने स्पष्ट रुपमा आइसकेको छैन।
अब आशा सरकार बाट पैसा चाडै पाइयोस र रोग नियन्त्रण होस् भन्ने प्राथना गर्नुभएको अरु कुनै उपाय छैन ।
प्राथना गरौ कोरोना चाडै नियन्त्रणमा आउनेछ र जनजिवन सामान्य हुनेछ।






