Home / Nepal / सांंसद अपहरण प्रकरणको अनुसन्धान गर्न बार एसोसिएसनको माग

सांंसद अपहरण प्रकरणको अनुसन्धान गर्न बार एसोसिएसनको माग

काठमाडौं । प्रतिनिधिसभाका सदस्यलाई अपहरण गरेको आरोप लागेको विषयको अनुसन्धान गर्न सर्वोच्च अदालत बार एसोसिएसनले सम्बद्ध निकायसँग माग गरेको छ ।

सर्वोच्च बारले विज्ञप्ति जारी गरी उक्त विषयको अनुसन्धान गर्न माग गरेको सो बारका सदस्य सरोज घिमिरेले जानकारी दिनुभयो ।

विश्व नै कोरोना भाइरसको त्रासदीपूर्ण महामारीबाट छट्पटाइरहेको अवस्थामा पनि विगत केही दिन यता प्रतिनिधिसभाका जिम्मेवार राजनीतिक दलका सदस्य एवं सुरक्षाकर्मीका पूर्वप्रमुखलाई मुछेर अपहरण तथा शरीर बन्धकसम्बन्धी विषयले चर्चा पाएको उल्लेख गर्दै त्यसको बारेमा यथार्थ छानविन गर्न उक्त बारले माग गरेको छ ।

अपराध संहिताले मानिसको अपहरण गर्ने तथा शरीर बन्धक लिने कार्यलाई गम्भीर अपराध रुपमा राखेको स्मरण गर्दै विज्ञप्तिमा यसलाई कार्यान्वयन गर्ने जिम्मा कानून कार्यान्वयन गर्ने निकायको भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *