Home / Politics / राष्ट्रपतिले दिइन् अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

राष्ट्रपतिले दिइन् अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी गर्न आग्रह गरेकी छिन ।

उनले सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना समेत व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गरेकि छिन ।

उनले सम्पुर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेकि हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *