लिवाङ । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ ।
बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए ।
बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थियो ।
बालबालिकाले बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ । घटनावारे थप विवरण आउन बाँकी नै छ ।






